समाज


गोकर्णेश्वरमा पेस्तोलसहित सय राउन्ड गोली फेला

गोकर्णेश्वरमा पेस्तोलसहित सय राउन्ड गोली फेला

नेपालखबर
फागुन २६, २०८२ मंगलबार १८:४५, काठमाडौँ

काठमाडौँको गोकर्णेश्वरबाट पेस्तोलसहित एक सय राउन्ड गोली बरामद भएको छ।

खोजतलासका क्रममा गोकर्णेश्वर नगरपालिका ५ जम्बुडाँडा पहेँलो पुल खोला छेउबाट सो परिमाणमा गोली बरामद गरेको हो।

उक्त स्थानमा पेस्तोल थान- १, म्याग्जिन थान - ३, ७.६२ एमएमको गोली १३ राउन्ड र ९एमएम गोली ८७ राउन्ड बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

यही फागुन २६ गते हतियार रहेको भन्ने विशेष सूचना प्राप्त हुनसाथ प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग काँडाघारीबाट खटिएको संयुक्त प्रहरी टोलीले सो हतियार बरामद गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad