पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानुन निर्माणलाई अड्कलबाजीको विषय बनाउन नहुने बताएका छन्।
कुष्ठरोगको क्षेत्रमा गरिएको एक विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक तथा नेपाल ल सोसाइटीद्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै श्रेष्ठले कानुन निर्माणमा सम्बन्धित पक्षको सहभागिता हुनुपर्ने बताए।
‘कानुन निर्माणको विषयलाई अडकलको विषय बनाइनुहुन्न। किनभने कानुन निर्माणमा सहभागिता राख्ने अवसर नै थिएन। कुष्टरोगलाई महारोग भनिन्थ्यो। त्यसलाई छुनै नहुने रोगको रुपमा हेरियो,’ उनले भने, ‘कुष्ठरोगको विषयमा किञ्चित विचार नै नगरीकन यसका विभिन्न चरणहरू छन्। यो निको हुनसक्छ। यसको इजलाज हुन सक्छ। यसका कार्यक्रमहरु हुन सक्छन।’
अन्धविश्वासको भरमा कानुन निर्माण गर्ने कुराका कारण कुष्ठरोग निवारणमा पनि समस्या देखिएको तथ्य औँल्याए। ‘अन्ध विश्वासको भरमा जब हामी कानुन निर्माण गर्दछौँ। तब कानुन यस्तै हुने गर्दछ। हामीले समाजमा यस्ता समस्याबारे राम्रोसँग संवाद नै गर्न नसकेको, यसका अन्तरंग प्रश्नहरू गर्नै नसकेको र कुष्टरोग प्रभावितहरू पनि उत्तिकै सम्मानित हुन्। उनीहरुले पनि उत्तिकै सम्मानका साथ जीवन जीउन सक्दछन,’ उनले भने।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सम्बन्धित पक्षसँग अन्तरंग कुराकानी गरेर मात्रै कानुन निर्माण गर्नुपर्नेमा जोड दिए। ‘समाज र राष्ट्रका लागि उनीहरूले योगदान दिन सक्दछन् भन्ने कुरालाई राम्रोसँग मान्यता नदिई कानुन निर्माण गरिएको हुनाले यसको कार्यान्वयन नसकेको हो,’ श्रेष्ठले भने।
Shares

प्रतिक्रिया