समाज


२४ घण्टामा झन्डै ४ डिग्री घट्यो काठमाडौँको न्यूनतम तापक्रम

२४ घण्टामा झन्डै ४ डिग्री घट्यो काठमाडौँको न्यूनतम तापक्रम

हालै खिचिएको काठमाडौँ स्वयम्भू क्षेत्रको तस्बिर


नेपालखबर
फागुन १३, २०८२ बुधबार ९:५९, काठमाडौँ

विगत २४ घण्टामा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम झन्डै ४ डिग्री तल झरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) काठमाडौँको न्यूनतम तापक्रम ७.७ डिग्री सेल्सियस छ। 

हिजो (मंगलबार) काठमाडौँको न्यूनतम तापक्रम ११.५ डिग्री सेल्सियस थियो। 

काठमाडौँको न्यूनतम तापक्रम तलमाथि भइरहेको छ। 

सोमबार ९.० डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आइतबार ९.१ डिग्री सेल्सियस थियो। यस्तै शनिबार ७.५ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम शुक्रबार १२ डिग्री सेल्सियस थियो।

यो पनि : काठमाडौँको मौसम आज पनि धुम्म, फेरि पानी पर्छ? 

मौसमविद्का अनुसार मौसम बदली भई राति आकाशमा बादल लागेका बेला बिहान न्यूनतम तापक्रम बढ्छ भने रातभर आकाश सफा रहँदा घट्छ। 

फेरि अधिकतम तापक्रमचाहिँ यसको ठिक उल्टो दिउँसो दिनभर बादल लाग्यो भने घट्छ, आकाश सफा हुँदा घाम लाग्ने भएकाले बढ्छ।

यद्यपि हिउँद याम सकिन लागेकाले समग्रमा तापक्रम बढ्दो क्रममै रहेको मौसमविद् बताउँछन्। 

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

मौसमविद्का अनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको अवस्था जनाउँछ भने अधिकतम तापक्रमले दिनभरको अवस्था बताउँछ।

हेर्नुहोस् आजको न्यूनतम र हिजोको अधिकतम तापक्रम विवरण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad