ad ad

समाज


महोत्तरीमा आफन्तको घरमा गएका एक जनाको केराघारीमा शव भेटियो

महोत्तरीमा आफन्तको घरमा गएका एक जनाको केराघारीमा शव भेटियो

शैलेन्द्र महतो
बैशाख २८, २०७७ आइतबार १३:२७,

महोत्तरीमा आफन्तको घरमा गएका एक व्यक्तिको हत्या भएको छ।

गौशाला नगरपालिका ४ रामनगरका ४४ वर्षीय दिलीप ठाकुरको आइतबार दिउँसो हत्या भएको हो।

बिहानै छिमेक गाउँमा आफन्तको घर गएका ठाकुरको शव हत्या गरेको अवस्थामा गाउँ नजिकै केराघारीमा अपराह्न साढे ४ बजे फेला परेको हो।

इलाका प्रहरी कार्यालय गौशालाको टोली अहिले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।

प्रारम्भिक अनुसन्धानमा ठाकुरको शवको प्रकृति हेर्दा टाउकोमा चिरपटले प्रहार गरी हत्या गरिएको देखिएको प्रहरीले जनाएको छ। टाउकोमा चिरपटको घाउ र शव नजिकै प्रहार भएको चिरपटसमेत बरामद भएकोले त्यैले हिर्काएर हत्या गरेको प्रहरीको अनुमान छ।

उनी बिहान १० बजे छिमेक गाउँ आफन्तका घर पुगेर फर्किरहेको बेला कसैले हत्या गरेको परिवारजनको भनाइ छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .