समाज


कीर्तिपुर बर्न अस्पताललाई १ करोडको ‘गिफ्ट’: एनेस्थेसिया मेसिन र डिजिटल एक्स-रे खरिद गरिने

कीर्तिपुर बर्न अस्पताललाई १ करोडको ‘गिफ्ट’: एनेस्थेसिया मेसिन र डिजिटल एक्स-रे खरिद गरिने

नेपालखबर
माघ २७, २०८२ मंगलबार १४:१०, काठमाडौँ

जलन (बर्न) उपचारका लागि देशकै प्रमुख केन्द्रका रूपमा चिनिएको कीर्तिपुर अस्पताललाई काठमाडौँ महानगरपालिकाले १ करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ। 

महानगरको वार्षिक कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षका लागि यो अनुदान दिने सम्झौता भएको छ। महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र शिक्षा स्वास्थ्य समिति संयोजक चिनीकाजी महर्जनको उपस्थितिमा आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।

महानगरले उपलब्ध गराउने १ करोड रुपैयाँबाट अस्पतालले अत्यावश्यक तीनवटा उपकरण खरिद गर्ने सम्झौतामा उल्लेख छ।

  • एक थान एनेस्थेसिया मेसिन
  • २५० केभीएको एक थान जेनेरेटर
  • ५०० एम.ए.को एक थान डिजिटल एक्स–रे मेसिन

ती उपकरणहरू सार्वजनिक खरिद प्रक्रियामार्फत खरिद गरिने महानगरको स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले जानकारी दिए।

कीर्तिपुर अस्पताल नाफामुलकभन्दा पनि सेवामुलक मोडेलमा सञ्चालित स्वास्थ्य संस्था हो। विशेषगरी जटिल प्रकारका जलन भएका बिरामीहरूको उपचारमा यो अस्पतालले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जलनको उपचार गराउन आउने बिरामीले झेल्नुपर्ने सास्ती कम होस् र अस्पतालको प्राविधिक क्षमता बढोस् भन्ने उद्देश्यले महानगरले लगानी गरेको बताइन्।

अस्पतालका अध्यक्ष डा. भरतकुमार प्रधान श्रेष्ठले जलनका बिरामीको उपचार आफैँमा कठिन र खर्चिलो हुने उल्लेख गर्दै महानगरको यो सहयोगले सेवा प्रवाहमा ठुलो टेवा पुग्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad