समाज


चीनमा १६ नयाँ कोरोना संक्रमित थपिए, १५ मा लक्षण नै थिएन

चीनमा १६ नयाँ कोरोना संक्रमित थपिए, १५ मा लक्षण नै थिएन

नेपालखबर
बैशाख २७, २०७७ शनिबार ६:३९,

चीनको राष्ट्रिय स्वास्थ्य आयोगकका अनुसार १६ मध्ये १५ जनामा कोरोनाको लक्षण देखिएको थिएन। यस अवधिमा चीनमा कुनै व्यक्तिको मृत्यु नभएको जनाइएको छ।

गत अप्रिल १५ मा चीनमा कोरोनाका कारण मानिसको मृत्यु भएको थियो। त्यसयता चीनमा मृत्युको कुनै घटना छैन।

जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार चीनमा हालसम्म ८३ हजार ९७६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। यीमध्ये ४ हजार ६३७ को मृत्यु हुँदा ७८ हजार ४६ उपचारपछि स्वस्थ बनेका छन्।

हाल चीनमा ८३६ जना लक्षण बिनाका कोरोना संक्रमितको उपचार भइरहेको छ। लक्षण बिना पनि कोरोना संक्रमण हुने भएकाले कोरोनाविरुद्धको उपाय अवलम्ब गर्न विज्ञहरुको सुझाव छ।

सरसफाइमा ध्यान दिने, दोहोर्याउँदै हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, रुघाखोकी तथा निमोनिया भएका बिरामीको नजिक नजाने, व्यक्ति व्यक्तिबीचको दुरी कायम गर्नेजस्ता उपाय अपनाए कोरोनाबाट बच्न सकिने विज्ञ बताउँछन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad