समाज


नक्खु कारागारबाट भागेका कैदीले गरेका थिए बालेनको घरमा चोरी

नक्खु कारागारबाट भागेका कैदीले गरेका थिए बालेनको घरमा चोरी

नेपालखबर
माघ २५, २०८२ आइतबार १७:३६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को घरमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं–१६ बालाजुका ४२ वर्षीय विष्णुबहादुर राजवाहक, सिन्धुपाल्चोकको लिसंखुपाखर–६ का ४६ वर्षीय खिमबहादुर खड्का र डोटीको दिपायल सिलगडी नगरपालिका–६ का ४५ वर्षीय सञ्जय श्रेष्ठ छन्।

उनीहरूले चप्पल कारखानास्थित सितादेवी गुरुङको घरमा रहेको बालेन शाहको डेरा कोठामा चोरी गरेका थिए।

पक्राउ परेका तीनै जना विभिन्न मुद्दामा संलग्न भई नक्खु कारागारमा कैद भुक्तान गरिरहेका थिए। उनीहरू भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा फरार भएका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

माघ २३ गते बाँसबारीबाट पक्राउ परेका विष्णुबहादुर राजवाहकविरुद्ध यसअघि २४ जेठ २०७२ मा प्रहरी वृत्त कालिमाटी केही साधारण अपराधको कसुरमा र ८ असार २०७२ मा प्रहरी वृत्त महाराजगञ्जबाट चोरीको कसुरमा मुद्दा चलेको भेटिएको छ।

उनी चोरी गर्नेमध्येका मुख्य व्यक्ति रहेको प्रहरीले बताएको छ। 

प्रहरीका अनुसार पेन्टरको काम उनी चोरीको कसुरमा ३ वर्ष ६ महिना कैद भुक्तान गरिरेका थिए। नख्खु कारागारबाट भागेपछि उनी पाँच वटा चोरीमा संलग्न रहेको देखिएको प्रहरीले बताएको छ। 

काठमाडौँ महानरपालिका–२६ मा रहेको क्लासिक एण्ड लज इन गेष्ट हाउसको कोठा नम्बर ४०२ मा बस्दै आएका उनको कोठाबाट प्रहरीले वर्ल्ड लिंक लेखिएको राउटर र सीसीक्यामेरा २ थान बरामद गरेको छ।

यस्तै, उनको कोठबाट निर्माणाधीन घरबाट चोरी गरेका धारा, टुटी तथा चाँदीका गिलास, कचौरा, दियो र चाँदीका प्लेटहरू बरामद गरेको प्रहरीले बताएको छ।

उनको साथबाट प्रहरीले एक्रोन गोल्ड लेखिएको निलो बिँड भएको पिलास १ थान, सलाई रेन्ची, रेती, स्क्रु र कालो रंगको ज्याकेट पनि बराबद गरेको जनाएको छ।

चोरीमा संलग्न अर्का व्यक्ति खिमबहादुरलाई २४ माघमा जडिबुटीबाट पक्राउ गरिएको हो। उनी बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति रहेको पाइएको छ। ११ मंसिर २०७९ मा उनीविरुद्ध प्रहरी वृत्त बौद्धबाट मुद्दा चलेको थियो।

बालुवा डिपो सञ्चालन गर्दै आएका उनले मनिष राजवाहकले दिएको चोरीका सामानहरू बेच्ने गरेको प्रहरीको भनाई छ। राजवाहक र खड्कबीच घरको काम गर्ने क्रममा करिब ८ वर्षदेखि चिनजान रहेको पाइएको छ। राजबाहक समेत खड्काको डिपोमा काम गर्थे।

खड्काको भक्तपुर ठिमी नगरपालिका दुवाकोटस्थित घरबाट प्रहरीले चाँदीका थाली, कचौरा, रिङ, नटबोल्ट लगायतका सामानहरू बरामद गरेको छ।

सुनजस्तो देखिने लक्ष्मीको मूर्ति भएको झुम्का, चन्द्रमा, सिक्री बालाजस्ता सामानहरू बरामद भएका छन्।

श्रेष्ठलाई भने प्रहरीले २४ माघमै बालाजुबाट प्रहरीले पक्राउ गरेको हो। उनीविरुद्ध २९ कात्तिक २०६४ प्रहरी वृत्त बौद्धबाट जबरजस्ती करणीको कसुरमा मुद्दा चलेको देखिएको छ।

कक्षा १० सम्म अध्ययन गरेका उनी खेती किसानी गर्ने व्यक्ति हुन्। रामेछाप कारागारमा रहँदा उनी र राजबाहकबीच भेटघाट र चिनजान भएको देखिएको प्रहरीले बताएको छ। उनले २ ल्यापपटप डिकमा राखी राजबाहकलाई ८ हजार दिएको पाइएको छ।

धादिङ धुनीबेशी नगरपालिका–७ लप्सेस्थित उनको कोठाबाट प्रहरीले झोला, डेलको ल्यापटप, म्याकबुक प्रो, चार्जर, डीभीआर बरामद गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad