ललितपुरको कुसुन्ती हाइट क्षेत्रमा चितुवा देखा परेपछि स्थानीय सरकारले सचेत रहन आग्रह गरेको छ।
ललितपुर महानगरपलिका-१३, स्थित कुसुन्ती हाइट क्षेत्रमा चितुवा देखा परेको वडाध्यक्ष गणेश केसीले जनाएका छन्। केही दिनयता चितुवा देखिएको खबर आएको उनको भनाइ छ।
कुसुन्ती हाइट आसपासको क्षेत्रमा चितुवा देखिएपछि सचेत रहन वडा कार्यालयले अनुरोध गरेको छ। आइतबार वडाध्यक्ष केसीले सूचना जारी गरी सचेत रहन भनेका छन्।
वडा कार्यालयको सूचनामा भनिएको छ, ‘ललितपुर महानगरपालिका-१३ कुसुन्ती हाइट आसपासमा चितुवा देखा परेको हुँदा जनसमुदायमा सजग र सचेत रहनको लागि यो सूचना जारी गरिन्छ।’
87
Shares

प्रतिक्रिया