समाज


धादिङमा दुईवटा बस ठोकिँदा १ जनाको मृत्यु, अन्य केही घाइते

धादिङमा दुईवटा बस ठोकिँदा १ जनाको मृत्यु, अन्य केही घाइते

नेपालखबर
माघ २५, २०८२ आइतबार १०:२८, काठमाडौँ

धादिङको थाक्रेमा दुईवटा बस आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। 

थाक्रे गाउँपालिकास्थित महादेवबेँसी नजिकै आज बिहान दुईवटा बस आपसमा ठोक्किएका हुन्। 

काठमाडौँबाट रसुवाका लागि छुटेको बागमती प्रदेश०१-००६ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३-०१-००६ ख १५५२ नम्बरको बस आइतबार बिहान ठोक्किएका थिए।  

दुर्घटनामा एक जनाको मृत्यु भएको छ। तर मृतकको पहिचान नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिए। 

ठक्करपछि बस अनियन्त्रित भई सडक किनारामा रहेको चिया पसलमा गएर ठाेकिँदा एक व्यक्तिको मृत्यु भएको हो।

प्रहरी निरीक्षक थापाले मृतकको पहिचानको प्रयास भइरहेको बताए। दुर्घटनाका घाइतेहरूको सङ्ख्या यकिन भइसकेको छैन। अहिले उद्धारकार्य जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad