ad ad

समाज


सिंहदरबार अगाडि प्रहरीसँग झडप गर्ने ४७ चिनियाँ छुटे (भिडियो)

सिंहदरबार अगाडि प्रहरीसँग झडप गर्ने ४७ चिनियाँ छुटे (भिडियो)

उजिर कार्की
बैशाख २६, २०७७ शुक्रबार १४:४१,

सिंहदरबार अगाडि प्रहरीसँग झडप गर्ने ४७ जना चिनियाँ नागरिक शुक्रबार साँझ रिहा भएका छन्। नेपालस्थित भिबो कम्पनीका प्रतिनिधिको जिम्मामा सबैलाई छाडिएको काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए।

पक्राउ परेका मध्ये ५ जना भिबो कम्पनीकै कर्मचारी हुन्। चिनियाँ नागरिकले आफ्नो देश फिर्ताको माग गर्दै शुक्रबार दिउँसो सिंहदरबार दक्षिण गेट अगाडि निषेधित क्षेत्रमा प्रदर्शन गरेका थिए।

भिडियो

प्रदर्शन गर्ने उनीहरुलाई प्रहरीले फर्किन आग्रह गरेको थियो। उनीहरुले अटेर गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो। सो क्रममा प्रहरी र चिनियाँ नागरिकबीच हात हालाहाल भएको थियो। सो क्रममा प्रहरी वृत्त सिंहदरबारका प्रहरी उपरीक्षक हरिबहादुर बस्नेतसहित केही प्रहरी घाइते भएका छन्।

यस्तै चिनियाँ नागरिकलाई पनि प्रहरीले लाठी प्रहार गरेको थियो। घटनास्थलबाट ११ महिलासहित ३२ जना पक्राउ परेका थिए। त्यस लगतै राजधानीका भिविन्न ठाउँमा खोजतलास गरेर प्रहरीले १६ महिलासहित ४७ जनालाई पक्राउ गरेको एसपी राठौरले नेपालखबरलाई बताए।

प्रक्राउपछि चिनियाँ नागरिकलाई नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा राखिएको थियो। उनीहरुले एक सातादेखि चिनियाँ दूतावासमा धर्ना दिँदै आएका थिए। विदेशमा भएका आफ्ना नागरिक तत्काल नफर्काउने चीन नीतिका कारण दूतावासले उनीहरुलाई फर्काउन नसक्ने बताएको थियो।

दूतावासले फर्काउन नसक्ने बताएपछि चिनियाँ नागरिक सिंहदरबारमा धर्ना दिन पुगेका थिए। पक्राउ परेका चिनियाँ नागरिकहरु व्यापारिक उद्देश्यले नेपालमा बसिरहेको पाइएको प्रहरीले जनाएको छ। नेपालमा लकडाउन थपिँदै गएपछि उनीहरुले आफ्नो देश फर्काइदिन माग गरिरहेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .