समाज


करारका ४४ सय कर्मचारीका लागि एक लाख १३ हजार दरखास्त

करारका ४४ सय कर्मचारीका लागि एक लाख १३ हजार दरखास्त

नेपालखबर
माघ २१, २०८२ बुधबार २०:६, काठमाडौँ

राष्ट्रिय तथ्यांक कार्यालयले, राष्ट्रिय आर्थिक गणनाका लागि करारमा कर्मचारी माग गर्दा अत्यधिक दरखास्त परेका छन्। 

तथ्यांक कार्यालयले माघ १ गतेदेखि ५२६ सुपरिवेक्षक र तीन हजार ९१३ गणक गरी चार हजार ४३९ कर्मचारीका लागि दरखास्त लिन सुरु गरेको थियो। बुधबारसम्म एक लाख १३ हजार ३५० दरखास्त परेको कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले जनाएका छन्। 

तथ्यांक कार्यालयले अनलाइनमार्फत सिधैं आवेदन दिन सकिने व्यवस्था गरेको थियो। तर, अत्यधिक चापका कारण सर्भरमा ओभर कक्राउन भएका कारणले सबै दरखास्त लिन नसिकिएको लामिछानेले जनाएका छन्। 

जसले गर्दा दरखास्त दिने म्याद थप गरिएको तथ्यांका कार्यालयले जनाएको छ। माघ २२ गतेसम्म दरखास्त दिने समय तोकिएको भए पनि पाँच दिन बढाएर माघ २६ गतेसम्म थपिएको छ। 

तथ्यांक कार्यालयले साढे दुई महिनाका लागि करारमा कर्मचारी राख्न लागेको हो। यसमा सुपरिवेक्षकको मासिक ३४ हजार ७३० र गणकको ३२ हजार ९०२ रुपैयाँ तलब तोकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad