ad ad

समाज


भारतमा लिकमा सुतिरहेका १६ मजदुरलाई रेलले किच्यो

भारतमा लिकमा सुतिरहेका १६ मजदुरलाई रेलले किच्यो

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार ४:४७,

भारतमा आज (शुक्रबार) बिहान रेलले किच्दा १६ मजदुरको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

बीबीसी हिन्दीका अनुसार महाराष्ट्रको औरंगाबादमा शुक्रबार बिहान साढे ५ बजे रेलले किच्दा १६ आप्रवासी मजदुरको मृत्यु भएको हो।

ती मजदुर रेलकाे लिकमा सुतिरहेका बेला रेलले किचेकाे बताइएकाे छ। घाइते ५ जनलाई औरंगाबादस्थित सिभिल अस्पतालमा भर्ना गरिएकाे छ। 

दक्षिण मध्य रेलवेका प्रमुख पीआरओले बीबीसीसँग कुरा गर्दै रेल दुर्घटनामा १६ मजदुरको मृत्यु भएको र ५ जना घाइते भएको पुष्टि गरेका छन्। उनले भनेका छन्, ‘मलाई लाग्छ, ती मजदुर लिकमा सुतिरहेका थिए।’

औरंगाबादकी एसपी मोक्षदा पाटिलका अनुसार ती मजदुर औरंगाबादनजिक जालनाको स्टिल कारखानामा काम गर्थे। उनीहरू भुसावलतर्फ गइरहेका बेला दुर्घटना भएको हो। उनीहरूलाई त्यहाँ एउटा रेलको व्यवस्था गरिने भनिएको थियो।

दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले ले दुःख व्यक्त गरेका छन्। 

ट्विट गर्दै माेदीले भनेका छन्, ‘महाराष्ट्रको औरंगाबादमा रेल दुर्घटनामा भएको जनताको मृत्यु अत्यन्त दुःखद छ। रेल मन्त्री पियुष गोयलसँग कुराकानी भएको छ। सबै घटना उनलाई थाहा छ। सक्दो सहयोग गरिनेछ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .