समाज


३ माघको राशिफल: सिंह टाढिएका मित्रसँग नजिकिने, तुलाले प्रतीक्षा गरेको काम पूरा हुने, तपाईँको के?

३ माघको राशिफल: सिंह टाढिएका मित्रसँग नजिकिने, तुलाले प्रतीक्षा गरेको काम पूरा हुने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
माघ ३, २०८२ शनिबार ४:४३, काठमाडौँ

आज शनितबार, ३ माघ २०८२ (१७ जनवरी २०२६) हेर्नुस् आजको राशिफल-

मेष: विशिष्ट व्यक्तिको साथ प्राप्त हुनेछ। घरपरिवारको सहयोगले आत्मबल बढ्नेछ। नसोचेको स्थानबाट धनलाभ हुन सक्छ। रमणीय र सुखद यात्राको योग देखिएको छ भने कसैकसैका लागि सन्तान सुखको संकेत पनि छ।

भाग्यशाली रङ सेतो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६४, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ६९ र सम्पूर्ण भाग्यांक ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने र खैरो रङको प्रयोग नगर्ने।

वृष: हेलचेक्र्याइँका कारण काममा उल्टो परिणाम आउन सक्छ। बोल्दा र ठट्टा गर्दा संयम अपनाउनु आवश्यक छ। साँझमा नजिकको मित्रसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ रातो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४३, वैदेशिक कार्यमा ६० र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ४९ र सम्पूर्ण भाग्यांक ४७ प्रतिशत रहेको छ। निमुखा प्राणीलाई भोजन गराउनु शुभ हुनेछ भने झुट बोल्नबाट बच्नु राम्रो हुन्छ।

मिथुन: लामो समयदेखि रोकिएका कामहरू आज पूरा हुने संकेत छ। सम्मान र आतिथ्य प्राप्त हुनेछ। कार्य सम्पादन सहज भए पनि आहारविहारमा ध्यान दिनु आवश्यक देखिन्छ।

भाग्यशाली रङ खैरो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६१, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ७९ र सम्पूर्ण भाग्यांक ६९ प्रतिशत रहेको छ। 

कर्कट: आज पुनर्मिलनको योग देखिन्छ। घरमा अतिथिको आगमन हुनेछ। नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ भने प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। 

भाग्यशाली रङ हरियो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ८०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ५७ प्रतिशत रहेको छ। साना केटीहरूलाई चकलेट दिने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह: आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव दिलाउनेछ। रमणीय यात्रा तथा प्रेम प्रसङ्गका लागि समय अनुकूल देखिन्छ। टाढिएका मित्रसँग नजिकिने अवसर मिल्नेछ।

भाग्यशाली रङ निलो र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ७८, वैदेशिक कार्यमा ७९ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ६२ र सम्पूर्ण भाग्यांक ७५ प्रतिशत रहेको छ। कमीला वा माछालाई चारो खुवाउने। छलकपट नगर्ने।

कन्या: शरीर भारी र मन अस्थिर रहने संकेत छ। स्वास्थ्यप्रति सजगता आवश्यक देखिन्छ। यात्रामा सामान हराउने सम्भावना र साँझमा खर्चको योग छ।

भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ५५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३९ र सम्पूर्ण भाग्यांक ३५ प्रतिशत रहेको छ। भगवान् शंकरजीको दर्शन गर्ने। झुट नबोल्ने।

तुला: प्रतीक्षा गरिएको काम पूरा हुनेछ। नयाँ अवसरहरू देखिए पनि दिनको उत्तरार्धमा मानसिक थकान बढ्न सक्छ। रिसराग नियन्त्रण गर्नु राम्रो हुनेछ।

भाग्यशाली रङ गुलाबी र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ८३, व्यापारमा ५५, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८१, यात्राको योग ५४ र सम्पूर्ण भाग्यांक ७२ प्रतिशत रहेको छ। वृद्ध तथा रोगीलाई सहयोग गर्ने। उत्तर दिशा नजाने।

वृश्चिक: भोज–भतेरमा सहभागी हुने अवसर मिल्नेछ। इच्छाशक्तिले लक्ष्यतर्फ अघि बढ्न मद्दत गर्नेछ, तर साथीहरूको कारण अलमलिन सक्नुहुन्छ।

भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६४, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ७१ प्रतिशत रहेको छ। घरबाट निस्कँदा दही खाने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु: प्रेम र मित्रताको सम्बन्ध अझ प्रगाढ बन्नेछ। आर्थिक तथा व्यवसायिक समस्या समाधान हुनेछन्। धार्मिक तथा रमणीय यात्राको योग छ।

भाग्यशाली रङ आकासे र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५०, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ६६ र सम्पूर्ण भाग्यांक ५९ प्रतिशत रहेको छ। निमुखा प्राणीलाई भोजन गराउने। निलो रङको प्रयोग नगर्ने।

मकर: आजको दिन फजुल काममा समय खर्च नगर्नु उपयुक्त हुन्छ। नयाँ योजना बनाएर अघि बढ्दा सफलता मिल्नेछ। धार्मिक वा दार्शनिक पुस्तक अध्ययन लाभदायी हुनेछ।

भाग्यशाली रङ पर्पल र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ४२, वैदेशिक कार्यमा ७२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४२ प्रतिशत रहेको छ। भोकालाई भोजन दिने। कालो रङको प्रयोग नगर्ने।

कुम्भ: आफन्तको सहयोगले रोकिएका काम पूरा हुनेछन्। बोलीको प्रभाव बढ्ने समय हो। धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने योग छ।

भाग्यशाली रङ सेतो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ४१, वैदेशिक कार्यमा ७६ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ६५ प्रतिशत रहेको छ। पितृ देवताको आशीर्वाद लिने। छलकपट नगर्ने।

मीन: मंगल र शुभ कार्यमा सहभागी भइनेछ। चतुर बोलीले लक्ष्य प्राप्ति हुनेछ। धार्मिक तथा राजनीतिक क्षेत्रमा सफलता मिल्ने संकेत छ।

भाग्यशाली रङ रातो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ७९, वैदेशिक कार्यमा ६० र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ७४ प्रतिशत रहेको छ। हनुमानजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad