भक्तपुरमा मंगलबार ट्यांकरले ठक्कर दिँदा घाइते भएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ।
मध्यपुर थिमी नगरपालिका-१, लोकन्थली चोकस्थित सडकमा ना ७ ख ९२६६ नम्बरको ट्यांकरले बा २३ प ९२३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार काठमाडौँको कीर्तिपुर बस्ने दार्चुलाको नौगाड गाउँपालिका-१ की ३२ वर्षीया स्वस्तीका ऐर बडाल घाइते भएकी थिइन्।
गम्भीर घाइते भएकी बडाललाई उपचारका लागि कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक पनि घाइते भएका छन्। उनको भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले ट्यांकर चालकलाई नियन्त्रणमा लिएको छ।
75
Shares

प्रतिक्रिया