समाज


पुस १३ को राशिफल: धनुको नियमित खर्च बढ्ने, मकर परिवारसँग रमाउने, तपाईँको के?

पुस १३ को राशिफल: धनुको नियमित खर्च बढ्ने, मकर परिवारसँग रमाउने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
पुस १३, २०८२ आइतबार ४:४०, काठमाडौँ

आज आइतबार, पुस १३ गते २०८२ (२८ डिसेम्बर २०२५)। हेर्नुस् आजको राशिफल–

मेष: चुनौतीहरूसमेत सामना गर्नुपर्ने देखिन्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्नसक्छ। राजनीतिक कार्यमा केही बाधा आए पनि आफन्तसँगको भेटघाटले मन हलुका हुनेछ। सानो प्रयासले ठूलो नतिजा दिन सक्नेछ।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४१, सेयर बजारमा ३८, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्यांक ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

वृष: आफ्नै दक्षतामा आजका कामहरू सफलतापूर्वक सम्पन्न हुनेछन्। रमणीय तथा सुखद यात्राको योग छ। प्रेम जीवनमा मधुरता बढ्नेछ भने सेयर बजारबाट पनि लाभ मिल्ने संकेत छ। मौन मेहनतले राम्रो परिणाम दिनेछ।

भाग्यशाली रङ पहेँलो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्यांक ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। लामो यात्रा नगर्ने।

मिथुन: आँटेको र ताकेको कार्य पूरा होला। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। नयाँ ज्ञान र सीप सिक्ने अवसर मिल्नेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। भौतिक साधन जुटाउने समय छ।

भाग्यशाली रङ पहेँलो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ५९, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्यांक ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

कर्कट: रोकिएको धन प्राप्त हुने सम्भावना छ। आफन्तको सहयोगले काम अगाडि बढ्नेछ। घरमा अतिथिको आगमन हुनसक्छ। लाभदायक यात्राको योगका साथै पुँजी बजारले पनि साथ दिनेछ।

भाग्यशाली रङ घ्यू रङ र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ६२ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५१ र सम्पूर्ण भाग्यांक ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

सिंह: व्यर्थ यात्राको सम्भावना देखिन्छ। यात्राका क्रममा सामान हराउने जोखिम छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। सेयर बजारबाट अपेक्षित लाभ नहुन सक्छ। त्यसैले संयम अपनाउनु उपयुक्त हुनेछ।

भाग्यशाली रङ हरियो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ३५ र सम्पूर्ण भाग्यांक ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

कन्या: धेरै समयपछि आफन्तसँग भेटघाट हुने योग छ। रोकिएका काम सम्पन्न हुनेछन् भने नयाँ अवसर पनि प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द लिन सकिनेछ। प्रेमीबाट सहयोग मिल्नेछ।

भाग्यशाली रङ आकासे र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ६९, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्यांक ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

तुला: नयाँ सवारी साधन प्राप्तिको योग देखिन्छ। मनमा शान्ति र सन्तुलन रहनेछ। धैर्य र लगनशीलताले अवसर दिलाउनेछ। आफन्तको प्रगतिमा खुशी मिल्नेछ भने वैदेशिक कार्य अघि बढ्न सक्छ।

भाग्यशाली रङ पर्पल र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६७, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

वृश्चिक: छोटो दूरीको लाभदायक यात्रा हुनेछ। मान–प्रतिष्ठामा वृद्धि हुनेछ। शुभ समाचार सुन्न पाइनेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। बोलीको प्रभावले काम बन्नेछ।

भाग्यशाली रङ खैरो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्यांक ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

धनु: नियमित खर्च बढ्ने संकेत छ। काममा बिघ्नबाधा देखा पर्न सक्छन्। सहकर्मीबाट विरोधको सामना गर्नुपर्ला। मानसिक चञ्चलताले पेशागत हानी पुर्‍याउन सक्छ। त्यसैले धैर्य आवश्यक छ।

भाग्यशाली रङ घ्यू रङ र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ३८, वैदेशिक कार्यमा ६७ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्यांक ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

मकर: धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। परिवारसँग रमाइलो समय बित्नेछ। वित्तीय संस्थाबाट सहयोग मिल्ने संकेत छ। प्रेम र दाम्पत्य जीवनमा मधुरता छाउनेछ।

भाग्यशाली रङ निलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्यांक ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

कुम्भ: पुरानो साथीसँग आकस्मिक भेट हुनसक्छ। सामाजिक तथा धार्मिक कार्यमा सहभागिता बढ्नेछ। प्रेम जीवनमा खुशी छाउनेछ। चिताएको कामले तीव्रता लिनेछ र सेयर बजारले पनि साथ दिन सक्छ।

भाग्यशाली रङ हरियो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६३ र सम्पूर्ण भाग्यांक ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रजको सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

मीन: रमणीय र सुखद यात्राको योग छ। शिक्षा र पठनपाठनमा सफलता मिल्नेछ। लामो समयदेखि रहेका बाधा स्वतः हट्नेछन्। दृढ निश्चयले सफलता दिलाउने दिन हो।

भाग्यशाली रङ रातो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्यांक ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad