समाज


बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
पुस ९, २०८२ बुधबार २०:४६, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफासहित तीन जनालाई गैरकानुनी लाभ वा हानि पुर्‍याएको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

आयोगले सो नगरपालिकाबाट आव २०७९/८० मा वडा नं २ अन्तर्गत सडक मर्मतका लागि बोलपत्र सूचना राष्ट्रियस्तर वा स्थानीय समाचार पत्रमा प्रकाशन गर्नुपर्नेमा सूचना प्रकाशन नै नगरी झुठा बिल, भर्पाई बनाउन लगाई भुक्तानी दिइ–लिइ भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रशासकीय अधिकृत मुस्तफा, सहलेखापाल उपेन्द्रकुमार साह र जनप्रतिविम्ब दैनिकका प्रकाशक/प्रधानसम्पादक सञ्जयकुमार साहलाई प्रतिवादी बनाएर आरोपपत्र दायर गरेको हो। 

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा बिगो रु ६५ हजार कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगोबमोजिम जरिवाना सजाय गरी बिगो असुलउपर हुन मागदाबीसहित विशेषमा आरोपपत्र दायर गरिएको बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad