समाज


नेपालमा जापानिज इन्सेफ्लाइटिसबाट मर्नेको संख्या वर्सेनी बढ्दै

नेपालमा जापानिज इन्सेफ्लाइटिसबाट मर्नेको संख्या वर्सेनी बढ्दै

नेपालखबर
पुस ८, २०८२ मंगलबार ११:५१, काठमाडौँ

नेपालमा जापानिज इन्सेफ्लाइटिसबाट मर्नेको संख्या वर्सेनी बढ्दै गएको सरकारी तथ्यांकले देखाएको छ।  

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले सोमबारसार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा पछिल्ला केही वर्षयता जापानिज इन्सेफलाइटिसबाट मृत्यु हुनेको सङ्ख्या बढेको देखाएको हो। 

परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमका अनुसार सन् २०२३ मा जापानिज इन्सेफलाइटिसबाट नेपालमा सात जनाको मृत्यु भएको थियो। 

त्यो संख्या २०२४ मा २५ पुगेको थियो। सन् २०२५ को हालसम्म  जापानिज इन्सेफ्लाइटिसबाट ३५ जनाको मृत्यु भइसकेको छ। 

यो सन् २०२५ को डिसेम्बर १० सम्मको तथ्याङ्क हो। 

गएका एक वर्षमा नेपालमा १७९ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको थियो। नेपालमा तराईका जिल्लामा यो रोगको संक्रमण बढी छ। 

यस वर्ष लुम्बिनी प्रदेशमा जापानिज इन्सेफलाइटिसबाट ११ जनाको मृत्यु भएको छ। जिल्ला अन्तर्गत सबैभन्दा बढी मृत्यु चितवनमा भएको देखिन्छ।

नेपालका किसानहरूमा जापानिज इन्सेफलाइटिसको जोखिम बढी देखिएको छ।  यस वर्ष मृत्यु हुनेमा १५ वर्षमाथिका ७० प्रतिशत रहेका छन्। मृत्यु हुने अधिकांश ४० वर्षमाथिका छन्। 

चिकित्सकका अनुसा जापानिज इन्सेफलाइटिस मस्तिष्कमा सङ्क्रमण हुने लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो।

यो रोग जुन सुकै उमेरका मानिसाई लाग्न सक्छ। तर अनुसन्धानले १५ वर्ष मुनिका बालबालिका यसको संक्रमण बढी हुने सम्भावना रहन्छ। 

सङ्क्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरूलाई टोक्दा लामखुट्टे संक्रमित हुन्छ। त्यसरी संक्रमित भएको लामखुट्टेले टोक्यो भने सो मानिसलाई पनि यो रोग लाग्ने गर्छ। 

चिकित्सकका अनुसार जापानिजइन्सेफ्लाइटिको मृत्युदर ३३ प्रतिशत छ। तर, जतिछिटो उपचार गर्यो यसको मृत्युदर उति नै घटाउन सकिने चिकित्सक बताउँछन्। 

बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, घाँटीमा गाह्रो हुने, बेहोस हुने, कम्पन हुन, पक्षाघात हुने जस्ता लक्षण यो रोग लाग्दा देखिने गर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad