संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनाका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली सैनिकको फरबदल गरिएको छ।
शान्ति सेनामा तैनाथ युद्ध भैरव गणको तेस्रो डफ्फा स्वदेश फर्किएको छ। मिसनमा रहेका २२५ जना सैनिक फर्किएका हुन्।
त्यसको ठाउँमा चौथो डफ्फाको पहिलो टोली मंसिर २८ मा त्यसतर्फ प्रस्थान गरेको छ। मिसनमा सहभागी हुन १७५ जना सैनिक प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ।
हाल उक्त मिसनमा नेपाली सेनाका १ हजार १८९ जना सैनिक कार्यरत छन्।

प्रतिक्रिया