समाज


सञ्चारमन्त्री भन्छन्ः पत्रकार र कर्मचारी अबदेखि सामाजिक सुरक्षाको दायरामा

सञ्चारमन्त्री भन्छन्ः पत्रकार र कर्मचारी अबदेखि सामाजिक सुरक्षाको दायरामा

नेपालखबर
मंसिर ११, २०८२ बिहिबार १७:३९, काठमाडौँ

पत्रकार र कर्मचारीहरु अबदेखि सामाजिक सुरक्षाको दायरामा आउने भएका छन्। 

बिहीबार सिंहदरबारमा एक कार्यक्रमको आयोजना गरी यसबारे जानकारी दिइएको हो।

कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सञ्चार मन्त्रालय मातहत रहेका प्रमुख सञ्चार संस्थाहरू गोरखापत्र संस्था, राष्ट्रिय समाचार समिति (रासस), सार्वजनिक सेवा प्रशारण (पीएसपी) अन्तर्गतका रेडियो नेपाल र नेपाल टेलिभिजन, साथै प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई सामाजिक सुरक्षामा जोड्ने काम शुरु भइसकेको बताए। 

उनले अब देशभरका पत्रकार, सञ्चारकर्मी र सरकारी सञ्चार संस्थाका कर्मचारीहरू सामाजिक सुरक्षाको औपचारिक दायरामा प्रवेश गर्ने बताए। आगामी दिनमा सबै सञ्चारकर्मीलाई प्रणालीगत रूपमा सामाजिक सुरक्षामा समावेश गर्ने विस्तृत कार्ययोजना कार्यान्वयन गरिने उनले बताए। मन्त्री खरेलले पत्रकारको पेशागत सुरक्षासँगै आर्थिक तथा सामाजिक सुरक्षालाई सरकारका प्राथमिक एजेण्डामध्ये एक बनाइएकाले यो कदम महत्वपूर्ण भएको बताए।

उनले भने,‘आठौं सामाजिक सुरक्षा दिवसको अवसरमा सञ्चार मन्त्रालयका मातहतका निकायहरु खास गरेर अब गोरखा पत्र संस्था, राष्ट्रिय समाचार समिति, सार्वजनिक सेवा प्रसारण (पीएसपी) अन्तर्गतको रेडियो नेपाल, नेपाल टेलिभिजन र त्यस्तै गरेर प्रेस काउन्सिल र न्यूनतम पारिश्रमिक निर्धारण समिति यी संस्थाहरुमा चाहिँ आजबाट प्रारम्भ हुने गरेर हामीले कामको शुरुवात गरेका छौं र सामाजिक सुरक्षा कोष र यी निकायहरु बिचमा आज समझदारी पत्रमा हस्ताक्षर भएको छ। र, यी निकायहरु अन्तर्गत रहेका सबै पत्रकारहरु, सञ्चारकर्मीहरु र कर्मचारीहरु अब सामाजिक सुरक्षाको दायरामा आउने कामको प्रारम्भ भएको छ र यो  शुरुवात हो र यस पछाडि थप कामहरू अगाडि बढ्दै जानेछ।’

उनले निजी सञ्चार माध्यमहरूलाई उत्साहित हुँदै सामाजिक सुरक्षाको दायरामा आउन आह्वान गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad