समाज


जेनजी आन्दोलनमा लुटेको हतियार देखाएर लुटपाट, दुईजना पक्राउ

जेनजी आन्दोलनमा लुटेको हतियार देखाएर लुटपाट, दुईजना पक्राउ

फाइल फोटो


नेपालखबर
मंसिर ११, २०८२ बिहिबार १७:१६, काठमाडौँ

भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको क्रममा प्रहरी कार्यालयबाट लुटेका हतियार देखाएर लुटपाट गरेको पाइएको छ।

पीडितले दिएको जाेहरीपछि पक्राउ परेका मानिसहरू प्रहरीबाट लुटिएका हतियार देखाएर लुटपाटमा संलग्न रहेको पाइएको हो।

विशेष सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार काठमाडौँका विभिन्न स्थानबाट दुई जनालाई नियन्त्रणमा लिएको छ। 

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको बागमती गाउँपालिका ७ स्थायी घर भई  हाल बागबजार बस्ने वर्ष २५ को निकेश बि.क र सोहो उमेरका सुरज विक रहेका छन्।

उनीहरूको साथबाट सीएफ ९८-९००१०४००८२३६नम्बरको पेस्तोल थान र सोहीको म्याग्जिन थान-१ तथा टीवाईपीई ५४ ५५०१११३३ नम्बरको पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार निकेश र सुरजले  यही मंसिर ५ गते राति अन्दाजी २ बजेको समयमा काठमाडौंको बागबजारमा भोज डिलको फुड डेलिभरी गर्ने निरज चौधरीलाई बरामद भएको हतियार पेस्तोल देखाई नगद तथा जिन्सी लुटपाट गरेको पाइएको छ।

निकेश बिक २०८१ मंसिर ११ गते केन्द्रीय अनुसन्धान ब्युरोमा पेश भएको ख्याम नारायण सापकोटाको जाहेरीले ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर मुद्दामा फरार देखिएको छ।

यस्तै, निकेश बिक २०८१ भदौ ५ गते ई.प्र.का. गौशाला, महोत्तरीमा पेश भएको पुनम देवीको जाहेरीले चोरी सम्बन्धी कसूर मुद्दामा फरार देखिएको छ।

निजहरूलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा  थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं पठाइएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad