समाज


जेनजी आन्दोलनका घाइतेलाई काठमाडौँ जिल्ला प्रशासनले बोलायो

जेनजी आन्दोलनका घाइतेलाई काठमाडौँ जिल्ला प्रशासनले बोलायो

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार २१:३२, काठमाडौँ

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेनजी आन्दोलनका घाइतेलाई वर्गीकरणका लागि बोलाएको छ।

शुक्रबार सूचना प्रकाशित गरी प्रशासनले 'घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२' बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एक वर्गीकरण सहजीकरण समिति गठन भएको स्पष्ट पारेको छ।

प्रशासनले मंसिर ५ गते दिनको १२ बजे राष्ट्रिय ट्रमा सेन्टरको सातौं तल्लाको हलमा जम्मा हुन सूचित गरेको छ। 

प्रदर्शनका क्रममा घाइते भई गृह मन्त्रालय र यस कार्यालयबाट जेनजी घाइते परिचयपत्र प्राप्त गरिसकेका र उपचार पश्चात समेत पूर्ण रुपमा निको नभई हालसम्म पनि घाइते अवस्थामा रहेका व्यक्तिहरुले आफ्नो घाइते परिचयपत्र र आफूले उपचार गरेको विवरणरकागजात सहित उपस्थित हुन भनिएको छ।

साथै अति गम्भीर अवस्थाका अशक्त, ह्विलचियर प्रयोग गर्नुपर्ने प्रकृतिका र हिँडडुल गर्न नसक्ने घाइतेका लागि उक्त दिन सम्बन्धत व्यक्तिको घर ठेगानाबाट तोकिएको स्थानमा एम्बुलेन्स सेवाबाट घर ल्याउने र लैजाने व्यवस्था मिलाइने जनाइएको छ। त्यसका लागि मोबाइल नं‍ ९८५१३३८३२२ मा सम्पर्क गरी पूर्व जानकारी गराउन सकिनेछ।

साथै, अस्पतालमा उपचाररत घाइतेहरूको हकमा वर्गीकरण सहजीकरण समितिबाट अस्पतालमै गई निरीक्षण गरी घाइतेको वर्गीकरण गरिने प्रशासनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad