सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका–१ स्थित भुवनेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक अन्जना भण्डारीलाई व्यवस्थापन समितिका अध्यक्ष रमेश भन्ने खाम्सोङ तामाङले कुटपिट गरेका छन्।
कुटपिटबाट प्रधानाध्यापक भण्डारीको आँखामा चोट लागेको छ।
शिक्षक महासंघ सिन्धुपाल्चोक इन्द्रावती पालिका कार्यसमितिका अनुुसार, मंगलबार बसेको व्यवस्थापन समितिको बैठकमा अध्यक्ष तामाङ्ले गाली गर्दै कुटपिट गरेका थिए।
महासंघले अध्यक्ष तामाङमाथि कारबाही गर्न माग गरेको छ।
‘अभद्र व्यवहार गाली बेइज्जतिसहित आँखा तथा गालामा गम्भीर चोटपटक लाग्ने गरी आक्रमण गरेको हुँदा सो घटनाप्रति नेपाल शिक्षक महासंघ इन्द्रावती गाँउपालिका समिति घोर भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्ष तामाङलाई छिटो भन्दा छिटो कानुनी दायरामा ल्याइ हदै सम्मको कारबाही गर्न सम्बन्धित निकायमा जोडदार माग गर्दछौं।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तामाङले कार्यकक्षमै प्रधानाध्यापक भण्डारीमाथि कुटपिट गरेको विज्ञप्तिमा उल्लेख छ।
व्यवस्थापनका अध्यक्षलाई कारबाही नगरे जुनसुकै मूल्य चुकाउन तयार रहेको महासंघको चेतावनी छ।
Shares

प्रतिक्रिया