काठमाडौंको काठमाडौं महानगरपालिका १६ बालाजु बाईपासबाट लागुऔषध खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने वर्ष २१ को रोहन नगरकोटी रहेका छन्।
उनको साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १.२५ ग्राम, नगद रु १२ हजार ५ सय र मोबाइल थान २ बरामद भएको प्रहरीले जनाएको छ।
अवैध लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले नगरकोटीलाई खानतलासी गर्दा उक्त पदार्थ फेला परेको थियो।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवन कुमार भट्टराईले जानकारी दिए।

प्रतिक्रिया