नर्सको आन्दोलनका कारण देशभरको स्वास्थ्य सेवा प्रभावित भएको छ।
निजी अस्पताल तथा मेडिकल कलेजहरूमा काम गर्ने नर्सहरूलाई सरकारी स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूको सरह तलब, भत्ता तथा सेवा सुविधा कायम गरिनुपर्ने मागसहित नर्सहरू आन्दोलनमा उत्रेपछि अस्पतालका स्वास्थ्य सेवा प्रभावित भएका हो।
सरकारी सरह पारिश्रमिक पाउनु पर्छ भनेर असोज १० गते देखि सुरु भएको आन्दोलनमा देशभरका नर्सहरुले समर्थन जनाएका छन्। देशभर सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुले कार्तिक १२ गतेदेखि १० देखि १२ बजेसम्म २ घण्टा सेवा बहिष्कार गरेर प्रदर्शन गरेका छन्।
वीर, टिचिङ जस्ता ठूला सरकारी अस्पतालका नर्सहरु समर्थन जनाउदै आन्दोलन गरिरहेका छन्।
सरकारी पाँचौ श्रेणी अन्र्तगत पारिश्रमिक पाउनु पर्ने, विद्यालयमा नर्सको दरबन्दी कायम गरिनुपर्ने, सरकारी अस्पताल कलेजमा काम गर्ने नर्सहरूको रात्रिकालीन सेवा, स्तर वृद्धि, अतिरिक्त सेवा, स्थायीत्व लगायतका दीर्घकालीन व्यवस्थापनको लागि ऐन संशोधनलगायत १५ बुँदे मागसहित देशभरिका नर्स आन्दोलनमा छन्।
निजी मेडिकल कलेज सञ्चालकहरुले सरकारी सरह पारिश्रमिक दिन नसक्ने जनाएपछि आन्दोलन देश व्यापी चर्किदै गएको छ।



Shares

प्रतिक्रिया