समाज


आत्मदाह प्रयास गरेकी गायिका नितुको मृत्यु

आत्मदाह प्रयास गरेकी गायिका नितुको मृत्यु

नेपालखबर
कात्तिक ७, २०८२ शुक्रबार १३:२२, काठमाडौँ

आफैँलाई आगो लगाएकी गायिका नितु पौडेलको मृत्यु भएको छ। कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको काठमाडौँ प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। 

उनका अनुसार आज शुक्रबार बिहान साढे ८ बजे अस्पतालले मृत घोषणा गरेको हो। 

गत शनिबार अनामनगरमा उनले आत्मदाहको प्रयास गरेकी थिइन्। आगलागिपछि गम्भीर घाइते थिइन्। यस घटनापछि प्रहरीले गायक बाबुल गिरीलाई नियन्त्रणमा लिएर सोधपुछसमेत गरेको थियो। प्रहरीले घटनाबारे अनुन्धान जारी रहेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad