समाज


जुम्लामा सम्बन्धविच्छेदका मुद्दा बढे

जुम्लामा सम्बन्धविच्छेदका मुद्दा बढे

जुम्ला


नेपालखबर
कात्तिक ५, २०८२ बुधबार १५:२३, काठमाडौँ

जुम्ला सम्बन्ध विच्छेदको उजुरी बढेसँगै जुम्लाबासीमा चिन्ता देखिएको छ। संयुक्त परिवारका रुपमा एकै घरमा तीन–चार पुस्ता रमाउने गरेको जुम्लामा पछिल्ला वर्षमा सम्बन्ध विच्छेदसम्बन्धी उजुरी, मुद्दा मामिला बढेकामा जिल्लावासी चिन्तित देखिन्छन्।

जिल्ला अदालत जुम्लाका खरिदार हरिकृष्ण तिमिल्सेनाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ६९ वटा सम्बन्धविच्छेदका उजुरी परेकामा ४८ वटा फर्छ्यौट भई २१ वटा फैसला हुन बाँकी रहेको छ।

यस्तै, गत आर्थिक वर्ष २०८१/८२ मा ७४ वटा सम्बन्धविच्छेदका उजुरी परेकामा ४८ वटा फर्छ्यौट भई २६ वटा फैसला हुन बाँकी रहेको छ।

यसैगरी चालु आर्थिक वर्षको तीन महिनामा सम्बन्धविच्छेदसम्बन्धी ४३ वटा उजुरी परेकामा १५ वटा फर्छ्यौट भएको र २८ वटा निर्णय हुन बाँकी रहेको अदालतले जनाएको छ।

यसरी अदालतबाट प्राप्त अघिल्लो, गत र चालु आवको तथ्याङ्कलाई विश्लेषण गर्दा जिल्लामा सम्बन्धविच्छेदका लागि उजुरी दिन आउनेको सङ्ख्या वृद्धि हुँदै गएको देखिन्छ।

घरेलु हिंसासम्बन्धी मुद्दाको हकमा स्थानीय तहको न्यायिक समिति तथा प्रहरी प्रशासनलगायतका सरकारी संयन्त्रमा उजुरी दर्ता गरी मेलमिलाप गर्न सकिने कानुनी व्यवस्था भएको तर ‘सम्बन्धविच्छेद’सम्बन्धी मुद्दाको टुङ्गो अदालतबाट हुने भएकाले उजुरी दिन आउनेको सङ्ख्या बढेको हुनसक्ने अदालतले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad