समाज


वीरगन्जमा करेन्ट लागेर १७ वर्षीय किशोरको मृत्यु

वीरगन्जमा करेन्ट लागेर १७ वर्षीय किशोरको मृत्यु

नेपालखबर
कात्तिक २, २०८२ आइतबार ११:५९, वीरगन्ज

वीरगन्जमा झिलीमिली बत्ती लगाउँदा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ।

वीरगन्ज महानगरपालिका–१ छपकैयाका १७ वर्षीय पियुषकुमार साहको घरमा झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो। 

पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले शनिबार साँझको समयमा आफ्नो एकतले घरको छतमा झिलीमिली बत्ती लगाउने क्रममा वाइरिङको तारमा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका साहको अस्पताल लैजाने क्रममा मृत्यु भएको जानकारी दिए।

साहलाई उपचारका लागि वीरगञ्जको नारायणी अस्पतालमा पुर्याइएको थियो। तर, उनको मृत्यु भने बाटोमा नै भएको पर्सा प्रहरीले जनाएको छ। 

मृतक साहको शवलाई परीक्षणका लागि नारायणी अस्पतालमा राखिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad