जेनजी आन्दोलनका क्रममा आगजानीबाट भवन ध्वस्त भएपछि जिल्ला अदालत काठमाडौँ नेपाल नागरिक उड्डयन प्राधिकरणको भवनबाट सञ्चालन गर्ने तयारी गरिएको छ।
यस विषयमा छलफल गर्न आज प्राधिकरणका अध्यक्षसमेत रहेका प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बैठक बस्दै छ।
बैठक अहिले बिहान ११:३० बजे सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा बस्नेछ।
‘आगजनीबाट जिल्ला अदालत काठमाडौँको भवन ध्वस्त भएपछि अदालत सञ्चालनको विकल्प खोज्दा तत्काललाई उड्डयन प्राधिकरणको भवन प्रयोग गर्ने कुरा भएको छ’, स्रोतले नेपालखबरसँग भन्यो, ‘यस विषयमा छलफल गर्न आज प्रधानमन्त्रीको अध्यक्षतामा प्राधिकरणको बैठक बस्दै छ।’
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीले काठमाडौँ जिल्ला अदालतको भवनमा पनि तोडफोड र आगजनी गरेका थिए।
369
Shares

प्रतिक्रिया