समाज


राशिफल २९ असोज : कर्कटको दिन मनोरञ्जनपूर्ण, तुलालाई छटपटी, तपाईँको के?

राशिफल २९ असोज : कर्कटको दिन मनोरञ्जनपूर्ण, तुलालाई छटपटी, तपाईँको के?

ज्यो. मेनुका दाहाल
असोज २९, २०८२ बुधबार ४:३७, काठमाडौँ

आज बुधबार, २९ असोज २०८२ (१५ अक्टोबर २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: शुभचिन्तकले पूर्ण समर्थन प्रदान गर्नेछन्। अधुरो काम बन्नाले मन प्रसन्न हुनेछ। स्वादिष्ट भोजनको अवसर मिल्ला। राज्यका ठूला व्यक्तिले तपाईँको मेहनतको कदर गर्नेछन्। विश्वासपात्रलाई वचन दिँदा भने संयमता अपनाउनुहोला।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

वृष: लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। मन्दिर दर्शनको योजना बन्नेछ। विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउन सकिनेछ। नजिकका व्यक्तिको सहयोगबाट अधुरो कार्यले गति लिनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मिथुन: जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ। यात्रा गर्दा सावधानी अपनाउनु पर्नेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। सामान हराउने वा चोरी हुने सम्भावना छ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

कर्कट: दिन हाँसखेल र मनोरञ्जनपूर्ण रहनेछ। प्रतिस्पर्धामा सफल भइनेछ। व्यवसायका लागि यात्राको सम्भावना छ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। स्थानान्तरण र टाढा यात्राको सम्भावना छ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह: धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। आतिथ्यपूर्ण सम्मान पाइएला। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। वैदेशिक कार्य अघि बढ्नेछ। प्रेम जीवन सुखद र समृद्ध रहनेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

कन्या: धार्मिक तथा सामाजिक कार्यमा मन लाग्नेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

तुला: केही कुराले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुन सक्छ। आफूलाई कमजोर भएको अनुभूति होला। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। बोलीको विपरीत अर्थ लाग्न सक्छ। नयाँ कार्यको योजना बन्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ३०, वैदेशिक कार्यमा ४० र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

वृश्चिक: रोकिएका काम सुचारु हुनेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। काम गर्ने जोस, जाँगर र उमङ्ग बढ्नेछ। वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

धनु: कुनै न कुनै कुराले मनमा शान्ति र प्रसन्नता छाउनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। धर्मकर्म तथा समाजसेवामा मन जानेछ। भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ।

भाग्यशाली रङ आकासे र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६६, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

मकर: अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। मित्रजनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। आँटे-ताकेको पूरा हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, सेयर बजारमा ८१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

कुम्भ: दिन त्यति राम्रो देखिँदैन। कमजोर भएको अनुभूति हुनेछ। पढाइलेखाइमा ध्यान दिन नसकिएला। विचार पुर्‍याएर निर्णय लिनु होला। दिनको उत्तरार्धमा भने मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४७, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मीन: प्रेम सम्बन्धमा मधुरता छाउनेछ। आम्दानी र खर्च बराबर होला। न्यायिक फैसला तपाईँको पक्षमा हुनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५७ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad