समाज


रौतहटमा पोखरीमा डुबेर ३ किशोरीको मृत्यु

रौतहटमा पोखरीमा डुबेर ३ किशोरीको मृत्यु

घटनास्थल।


नेपालखबर
असोज २७, २०८२ सोमबार १३:३२, काठमाडौँ

रौतहटको गौर नगरपालिका–१ कानुपट्टीस्थित भित्री सडक खण्डमा वर्षाकाे पानी जमेकाे पाेखरीमा डुबेर तीन जना किशाेरीकाे मृत्यु भएकाे छ।

राजदेवी नगरपालिका–८ स्थित लक्ष्मीपुरबाट घाँस काट्न गौरतर्फ जाँदै गरेका सोही ठाउँ बस्ने १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया राधनी कुमारी यादव र १५ वर्षीया मौसमी कुमारी बैठा मृत फेला परेका हुन्। 

बाढीको पानी जमेको खाल्डोमा परी उनीहरू बेपत्ता भएका थिए। बेपत्ताको खोजि गर्ने क्रममा सोमबार सशस्त्र प्रहरीले शव फेला पारेको हो।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा गुल्म गौरबाट खटिएको रबरबोर्टसहितको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीय बासिन्दाहरूको सहयोगमा उनीहरूको शव खाल्डोबाट बाहिर निकालेको छ।

उनीहरूसँगै घाँस काट्न गएका सोही ठाउँका १५ वर्षीया मुस्कान कुमारी राम, १३ वर्षीया मुस्कान कुमारी बैठा, १० वर्षीया चन्द्रमुखी राम र १५ वर्षीया सुनिता कुमारी बैठालाई भने स्थानीय बासिन्दाहरूले सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad