समाज


जेनजी सहिद विनोदको परिवारलाई ललितपुर महानगरले दियो ५ लाख सहयोग

जेनजी सहिद विनोदको परिवारलाई ललितपुर महानगरले दियो ५ लाख सहयोग

नेपालखबर
असोज २४, २०८२ शुक्रबार १५:५८, काठमाडौँ

ललितपुर महानगरले जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ललितपुरका सहिद विनोद महर्जनको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। 

ललितपुर महानगरले शुक्रबार एक कार्यक्रम आयोजना गरी ५ लाख आर्थिक सहयोग हस्तन्तरण गरेको हो। महानगरको असोज १० गते बसेको बैठककले सहिद विनोद महर्जनको परिवारलाई पाँच लाख रुपैयाँ सहयोग स्वरुप दिने निर्णय गरेको थियो। 

महानगर प्रमुख चिरीबाबु महर्जनले सहिद विनोद महर्जनको सम्मानमा आर्थिक सहयोग गरेको बताए। जेनजी आन्दोलनमा धेरै कर्मठ युवाहरुको ज्यान गएकोमा दुख व्यक्त गर्दै ललितपुर महानगरको लागि विनोदको निधनले अपुरणीय क्षति भएको बताए। विनोद महानगरको वडा नं.७का बासिन्दा हुन्। 

विनोद महर्जनकी दिदी बिना महर्जनले भाइको निधन परिवारलाई मात्रै नभएर देशकै लागि अपुरणीय क्षति भएकोमा दुख व्यक्त गरिन्। उनले विनोदको सम्मान र सम्झनाका लागि शालिक निर्माण गर्न महानगरलाई अनुरोध गरिन्। आर्थिक सहयोग गरेकोमा उनले महानगरलाई  धन्यवाद दिइन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad