सरकारले बाढी पहिरो प्रभावित इलामलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ३ महिनाको लागि इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।
व्यापक वर्षापछि आएको बाढी र पहिरोका कारण इलाममा मात्रै ३९ जनाको मृत्यु भएको थियो।
111
Shares

प्रतिक्रिया