कारोबार


सरकारले खोलिदियो प्राधिकरणलाई २० अर्बको ऊर्जा बन्ड निष्काशनको बाटो

सरकारले खोलिदियो प्राधिकरणलाई २० अर्बको ऊर्जा बन्ड निष्काशनको बाटो

फाइल तस्बिर


नेपालखबर
असोज २३, २०८२ बिहिबार १७:४१, काठमाडौँ

सरकारले २० अर्बको ऊर्जा बन्ड निष्काशनको बाटो खोलिदिएको छ। 

यही असोज २३ मा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणलाई बन्ड जारी गर्ने बाटो खुल्ला गरिदिएको हो। 

सरकारका प्रवक्ता तथा सञ्चार एवं सूचना प्रविधिमन्त्री जगदीश खरेलले चरणबद्ध रुपमा बन्ड निष्काशन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिए। 

उनले भने, ‘नेपाल विद्युत् प्राधिकरणको जलविद्युत् आयोजना निर्माणको लागि स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बन्ड चरणबद्ध रुपमा निष्काशन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ।’

निवर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको पालामा प्राधिकरणले श्वेतपत्र जारी गर्दै बन्ड निष्काशन गर्ने जनाएको थियो। 

खासगरी उत्पादन, प्रसारण र वितरण प्रणालीको विस्तार, विद्यमान संरचनाको स्तरोन्नतिलगायत कार्य प्रभावकारी रुपमा सञ्चालन गर्न ऋणपत्र निष्काशनलाई गत असारमै अर्थ मन्त्रालयले स्वीकृति दिएको थियो। 

मन्त्रिपरिषद्ले पनि स्वीकृति दिएसँगै अब प्राधिकरणले २० अर्बको ऋणपत्र निष्काशनलाई अगाडि बढाउने बाटो खुल्ला भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad