समाज


ओली र लेखकलाई तत्काल पक्राउ गर्न मिल्दैन भनेपछि ‘सडकबाटै जवाफ दिने’ सुदन गुरुङको धम्की, प्रहरी अलर्टमा

ओली र लेखकलाई तत्काल पक्राउ गर्न मिल्दैन भनेपछि ‘सडकबाटै जवाफ दिने’ सुदन गुरुङको धम्की, प्रहरी अलर्टमा

नेपालखबर
असोज २०, २०८२ सोमबार २३:१२, काठमाडौँ

काठमाडौँ प्रहरी परिसरले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न नमिल्ने बताएपछि हामी नेपाल संस्थाका सुदन गुरुङको टोलीले ‘बाहिर सडकबाटै जवाफ दिने’ चेतावनी दिएको छ।  

गुरुङको धम्कीपछि सुरक्षाको कारण प्रहरीले थोरै सङ्ख्यामा रहेका बिटका प्रहरीहरुलाई फिर्ता बोलाएको छ। 

जेन–जी आन्दोलनपछि युवा समूहको नेतृत्व गरिरहेका हामी नेपाल संसथाका सुदन गुरुङसहित चार युवाले बुधबार काठमाडौँ प्रहरी परिसरमा ओली र लेखकविरुद्ध जाहेरी दिँदै उनीहरूलाई तत्काल पक्राउ गरेर कारबाही अगाडि बढाउन माग गरेका थिए।

गुरुङले सोमबार दिउँसोदेखि ओली र लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा अभियान सुरु गरेका थिए। त्यसपछि उनको टोली जाहेरी लिएर प्रहरी परिसर पुगेको हो। प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि गुरुङले ‘सडकबाटै जवाफ दिने’ चेतावनी दिएका हुन्।

प्रहरीले तत्काल पक्राउ गर्न नमिल्ने बताएपछि उनीहरू चारजनाले काठमाडौं परिसरको मुद्दा शाखामा ‘अब बाहिर सडकबाटै यसको जवाफ दिने’ चेतावनी दिएर फर्किएका थिए। त्यसपछि प्रहरीले थोरै सङ्ख्यामा रहेका प्रहरी बिटका प्रहरीहरुलाई फिर्ता बोलाएको हो। 

‘जेन–जी आन्दोलनपछि थोरै संख्यामा बिटमा गएका प्रहरीलाई फिर्ता बोलाइएको छ,’ एक प्रहरी अधिकारीले भने, ‘केही बिटमा तत्काल ३–४ जना प्रहरी पठाइएको थियो, साधान स्रोत केही थिएन, त्यहि भएर फिर्ता गरिएको हो।’

प्रहरी स्रोतका अनुसार काठमाडौँमा अहिले प्रहरीलाई अलर्टमा राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad