समाज


हङकङमा आफ्नै कोठामा एक नेपाली मृत भेटिए

हङकङमा आफ्नै कोठामा एक नेपाली मृत भेटिए

मगेन्द्र राई
बैशाख १०, २०७७ बुधबार ६:५८,

हङकङमा एक नेपाली मृत अवस्थामा भेटिएका छन्। हङकङको जोर्डनस्थित फेरि स्ट्रीटमा बस्दै आएका नेपालको धरान उपमहानगरपालिका–१९, चौकीबारीका ४१ वर्षीय भीम लिम्बूका नामले परिचित कृष्णजित सेरेङ मंगलबार आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन्।

लामो समयदेखि एक्लै बस्दै आएका लिम्बूको मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन।

लिम्बुको सोमबार साँझ वा मंगलबार बिहान मृत्यु भएको हुनसक्ने केही समय उनीसँगै काम गरेका कृष्ण सेनेहाङले नेपालखबरलाई बताए।

‘मृतकसँय नजिकै बस्दै आएका साथीसँग सोमबार साँझसम्म सम्पर्कमा रहे पनि ततपश्चात् पटक पटक फोन सम्पर्क गर्ने प्रयास गरे पनि सम्पर्क हुन सकेको थिएन’, सेनेहाङले नेपालखबरसँग भने, ‘त्यसपछि शंका लागेर मंगलबार अपरान्ह ३ बजेतिर एजेन्सीबाट चाबी ल्याई ढोका खोल्दा सोफा मै ढल्किएको अवस्थामा मृत फेला परेपछि हामीले उनका आफन्तहरुलाई खबर गर्यौ।’

उनको नातेदार भीम सेरेङले उनको मृत्यु हृदयघातका कारण भएको हुन सक्ने आशंका व्यक्त गरे। कोरोना महामारीको बेला उनको मृत्यु भएका कारण कोरोनाकै कारण मृत्यु भएको हो कि भन्ने चर्चा नेपाली समुदायमा चलेको छ नि भन्ने नेपालखबरले सोधेको प्रश्नमा भीमले त्यस्तो नभएको बताए।

‘जहाँसम्म कोरोनाको कुरा छ, त्योसँग उनको मृत्युको कुनै तालमेल छैन, त्यो स्याल कराउनु र बाख्रा हराउनु जस्तो मात्रै हो, कोरोनाले तत्काल मृत्यु हुदैन, उनको मृत्यु हुनुभन्दा एक दिन अगाडि तन्दुरुस्त नै थिए, बरु उनी मुटुको समस्या बाट ग्रसित भएको सुन्यौँ’, उनले भने, ‘उनी बढी नै रक्सी पिउने भएकाले हृदयघातका कारण मृत्तु भएको आशंका छ, तथापि मृत्युको कारण जान्न फोरेन्सिक रिपोर्ट कुर्नै पर्ने हुन्छ।’ उनले उक्त रिपोर्ट आउन एक हप्ता समय लाग्ने बताए।

मृतकका परिवार नेपालमै रहेको बुझिएको छ। पहिलो श्रीमतीसँग सम्बन्धबिच्छेद भएकोले दोस्री श्रीमतीलाई नेपालबाट हङकङ ल्याउने तयारी भइरहेको समेत भीमले बताए।

नेपालमा लकडाउन भएको, मृतकका आमाबाबा हङकङ आउन सम्भव नभएकोले मृतकको दाहसस्कार सेरेङ परिवारले हङकङमै सम्पन्न गर्ने सल्लाह भइरहेको उनले जानकारी दिए। मृतकलाई क्वाई चुङ पब्लिक मोर्चरीमा राखिएको छ।

हङकङमा हृदयघातका कारण धेरै नेपालीको मृत्यु हुँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .