समाज


कञ्चनपुर कारागारबाट भागेका पाँचजना शुक्लाफाँटाबाट नियन्त्रणमा

कञ्चनपुर कारागारबाट भागेका पाँचजना शुक्लाफाँटाबाट नियन्त्रणमा

नेपालखबर
भदौ २७, २०८२ शुक्रबार १५:५, काठमाडौँ

कञ्चनपुरस्थित जिल्ला कारागारबाट भागेका पाँच कैदी–बन्दीलाई शुक्लाफाँटा नगरपालिका क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
 
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार आत्महत्या दुरुत्साहनका दुई, लागुऔषधका एक, जबर्जस्ती करणीका एक र चोरी मुद्दाका एक जनालाई नियन्त्रणमा लिइएको छ।

नियन्त्रणमा लिइएका कैदीबन्दीलाई कारागारमा बुझाउने तयारी भइरहेको उनले बताए। कारागारबाट भागेका अरू कैदी–बन्दीको खोजतलासको कार्य भइरहेको उनको भनाइ रहेको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad