समाज


थप २ जना घाइतेको मृत्यु

थप २ जना घाइतेको मृत्यु

नेपालखबर
भदौ २५, २०८२ बुधबार १७:८, काठमाडौँ

मंगलबार भएको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृत्यु भएको छ।

बल्खुस्थित बयोधा अस्पतालमा उपचारमा आएका २ जना घाइतेको मृत्यु भएको अस्पताले पुष्टि गरेको छ। 

अस्पतालका अनुसार २८ वर्षीय अर्जुन भट्ट र २३ वर्षीय देव कुमार सुवेदीको मृत्यु भएको हो।  

मंगलबार कालिमाटीमा भएको प्रदर्शनमा घाइते भएर अस्पताल लगिएको थियो। 

मृत्यु हुने दुवै जनालाई पेटमा गोली लागेको थियो। 

बयोधा अस्पतालमा हाल ९ जना घाइतेको उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad