समाज


कपिलवस्तुमा लकडाउन उल्लंघन गर्ने १४ जना परे कारबाहीमा

कपिलवस्तुमा लकडाउन उल्लंघन गर्ने १४ जना परे कारबाहीमा

नेपालखबर
बैशाख ८, २०७७ सोमबार ७:३,

कपिलवस्तुमा लकडाउन उल्लंघन गर्ने १४ जनालाई प्रहरीले कारबाही गरेको छ।

प्रहरीका अनुसार लकडाउन उल्लंघन गरेर  मस्जिदमा नमाज पढिरहेका १४ जनालाई पक्राउ गरी एक रात हिरासतमा राखिएकाे हाे। 

कपिलवस्तुकाे मायादेवी गाउँपालिका-७, धुपहीस्थित मस्जिदमा नमाज पढिरहेका उनीहरुलाई तौलिहवा वडा प्रहरी कार्यालयबाट खटिएकाे प्रहरी टाेलीले पक्राउ गरेको थियाे। 

आइतबार दिउँसो पक्राउ गरिएकाे उनीहरुलाई एक रात हिरासतमा राखेर आइन्दा यसो नगर्ने सहमतिमा छाडिएको तौलिहवा वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) रमेश गुरुङले बताए।

मस्जिदमा सामूहिक रुपमा नमाज पढिरहेको भन्ने सुचनाका आधारमा प्रहरीले ६४ वर्षीय महोम्मद अलि मुसलमानलगायत १४ जनालाई पक्राउ गरेकाे थियाे।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .