सरकारले अहिलेसम्म ८७ हजार इम्बोस्ड नम्बर प्लेन जडान भइसकेको बताएको छ। बिहीबार संसद्मा उठेका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यस्तो जानकारी दिएका हुन्।
त्यस्तै ६ लाखभन्दा बढी इम्बोस्ड नम्बर प्लेटको छपाइ सकिएको पनि उल्लेख गरे। ‘अहिलेसम्म ६ लाख ३५ हजार ५ सय ४५ इम्बोस्ड नम्बर प्लेटहरु छपाइ भइसकेको अवस्था छ,’ दाहालले भने, ‘८७ हजार ९ सय ७९ इम्बोस्ड नम्बरप्लेटहरू जडान भइसकेको छ।’
त्यस्तै अंग्रेजी भाषा राख्न नहुनेबारे उठेको प्रश्नमा सर्वोच्च अदालतले नै मार्ग प्रशस्त गरिदिएको बताए। ‘हामीले राहदानी, सवारीचालक लगायत अंग्रेजीमा छापेकै हौँ,’ दाहालले भने, ‘परराष्ट्र मन्त्रालयका काम र अन्तर्राष्ट्रिय टेन्डर आह्वान पनि अंग्रेजीमा गर्छौं। यही कारणले नेपाली भाषा लोप हुने भन्ने हुँदैन।’
Shares

प्रतिक्रिया