समाज


राशिफल १८ भदौ : वृषलाई निर्णय कार्यान्वयनमा समस्या, कन्याको मन निराश, तपाईँको के?

राशिफल १८ भदौ : वृषलाई निर्णय कार्यान्वयनमा समस्या, कन्याको मन निराश, तपाईँको के?

ज्यो. मेनुका दाहाल
भदौ १८, २०८२ बुधबार ४:३४, काठमाडौँ

आज बुधबार, १८ भदौ २०८२ (३ सेप्टेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: रोकिएका काम पुनः सुरु हुनेछन्। अचानक गरिएको यात्रा रोमाञ्चक हुनेछ। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ। सेयर बजारको लगानीबाट राम्रै फाइदा हुनेछ। यो राशि हुनेहरूले केटाकेटीलाई खानेकुरा दिने र छलकपट नगर्ने।

भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।

वृष: निर्णय कार्यान्वयन हुन नसक्ला। अनावश्यक झमेलामा परिनेछ। व्यापार-व्यवसायमा बाधा आउला। धेरै प्रयत्न गरे मात्र गरेको कमबाट फाइदा लिन सकिनेछ। छालाको समस्या आउन सक्छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र खैरो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ।

मिथुन: शुभ समाचार सुन्न पाइएला। अनुसन्धान तथा गुप्त योजना सफल बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। वैदेशिक कामकाज कमजोर रहला। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र तामसिक भोजन नगर्ने।

भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ।

कर्कट: मिष्ठान्न भोजनको अवसर मिल्नेछ। पुरानो समस्या सुल्झिएला। अधुरा काम पूरा हुनेछन्। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रेममा नयाँ सम्बन्धको सुरुआत सम्भव छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र खरानी रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ।

सिंह: नयाँ योजना सहजै अघि बढ्नेछ। सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेम सम्बन्ध सुदृढ बन्नेछ। साथीभाइसँग रमाइलो भेटघाट होला। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र कालो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ।

कन्या: मनमा निराशा र शरीरमा आलस्य छाउला। दुईवटा सोचबीच अल्झिन सक्नुहुन्छ। वैदेशिक क्षेत्र पनि कमजोर रहनेछ। सामाजिक कार्यमा भने जनताको गतिलो समर्थन रहनेछ। आजको मन्त्र- सहनशीलता नै स्थायित्वको मूल हो। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र अखाद्य वस्तुको सेवन नगर्ने।

भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ३१, व्यापारमा ४०, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ५० र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ।

तुला: धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा समेत प्राप्त हुने देखिन्छ। चलाखीपूर्ण बोलीले काम बन्ला। नजिकका मित्रसँग भेटघाट हुनेछ। दिनको उत्तरार्धमा धन खर्च हुनेछ। आजको मन्त्र- भिन्नता नै तपाईँको ब्रान्ड हो। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र झुट नबोल्ने।

भाग्यशाली रङ घ्यू रङ र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ।

वृश्चिक: युक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ। बन्धुबान्धवबाट सहयोग मिल्ला। घरमा अतिथिको आगमन हुनेछ। सामाजिक र राजनीतिक कार्य अघि बढ्नेछ। मनोरञ्जनमा सहभागी भइनेछ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र उत्तर दिशा नजाने।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ।

धनु: आफन्तको प्रगतिमा मन रमाउनेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। धार्मिक तथा समाजसेवामा मन जानेछ। वैदेशिक कार्य अघि बढ्नेछ। आध्यात्मिक यात्राले जीवनमा परिवर्तन ल्याउन सक्छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने र दक्षिण दिशाको यात्रा नगर्ने।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ८१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ।

मकर: एउटै कामलाई दोहोर्‍याएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ। योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैँ पछि परिनेछ। कसैले तपाईंको धैर्य परीक्षण गर्न सक्छ, शान्त रहनुहोस्, अरूका कुरा राम्ररी सुन्नुहोस्। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र हरियो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३६, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४० र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ।

कुम्भ: घुमफिरमा दिन बित्नेछ। यात्रा लाभदायक होला। तपाईंको कलालाई धेरैले मन पराउनेछन्। वित्तीय संस्थामा गरेको लगानीबाट राम्रै मुनाफा होला। मङ्गल कार्यको योग छ। सन्तान सुख पनि मिल्नेछ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र भरिसक्के लामो यात्रा नगर्ने।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ।

मीन: दैनिक कार्यमा प्रगति हुनेछ। घुमफिरमा आकर्षण बढ्नेछ। सामाजिक कार्य अघि बढ्नेछ। दाजुभाइ तथा दिदीबहिनीले तपाईंको विचारलाई समर्थन गर्नेछन्। व्यवसायका लागि यात्राको सम्भावना छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र सेतो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad