आज मङ्गलबार, १७ भदौ २०८२ (२ सेप्टेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-
मेष: सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। दुर्गम स्थानको यात्रा सफल रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। शरीरमा ऊर्जा भरिनेछ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र छलकपट नगर्ने।
भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ।
वृष: खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। अविश्वासको वातावरण सिर्जना होला। स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी छ। यात्रामा मालसामान हराउन सक्छ। साँझमा पैसा खर्च हुने योग छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र अखाद्य वस्तुको सेवन नगर्ने।
भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ५० र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ।
मिथुन: घरमा अतिथिको आगमन हुनेछ। दाजुभाइबाट सहयोग मिल्नेछ। ससुराली पक्षसँग सम्बन्ध राम्रो बन्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार व्यवसायबाट आम्दानी मनग्गे हुनेछ। माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र तामसिक भोजन नगर्ने।
भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ।
कर्कट: आफूले नचाहँदा पनि कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्न सक्छ। रमणीय यात्राको योग छ तर कष्टकर हुन सक्छ। रोकिएको काम दोहोर्याएर गर्दा फत्तै हुनेछ। प्रेम सम्बन्धमा न्यानोपन बढ्नेछ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र खरानी रङको प्रयोग नगर्ने।
भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ।
सिंह: अग्रजको सहयोगबाट कार्य सम्पादन हुनेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढ्नेछ। पारिवारिक भेटघाटमा रमाइन्छ। कार्य सम्पादनमा सहजता मिल्नेछ। आहार विहारको भने ख्याल गर्नुहोला। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र उत्तर दिशा नजाने।
भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ।
कन्या: नजिकका व्यक्तिसँग वादविवाद र झमेलामा परिनेछ। यात्रा गर्दा सचेत हुनु होला। आर्थिक कारोबारमा विवाद आउन सक्छ। कहीँ कतै यात्राको योजना बन्न सक्छ। आजको शुभ मन्त्र- सानो सुधार नै ठूलो उपलब्धिको बिउ हो। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र हरियो रङको प्रयोग नगर्ने।
भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४३, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ।
तुला: सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ला। आफन्तको सहयोगले काम अगाडि बढ्नेछ। कला, साहित्य र सङ्गीतमा रुचि बढ्ला। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र सेतो रङको प्रयोग नगर्ने।
भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ।
वृश्चिक: लगानीमा रहेको रकम फिर्ता आउन सक्छ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। रमाइलो यात्राको योग देखिन्छ। धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। प्रेमीसँग मधुर मिलन हुनेछ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र कालो रङको प्रयोग नगर्ने।
भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ।
धनु: जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धुबान्धवले सहयोग गर्ने छन्। आजको मन्त्र- मेहनत कहिल्यै खेर जाँदैन। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने र दक्षिण दिशाको यात्रा नगर्ने।
भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ।
मकर: मनमा चञ्चलता र दुबिधा उत्पन्न हुनेछ। हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। प्रतिस्पर्धीले खुट्टा तान्ने प्रयास गर्ने छन्। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र खैरो रङको प्रयोग नगर्ने।
भाग्यशाली रङ हरियो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ।
कुम्भ: वाक्पटुताद्वारा काम सफल बनाउन सकिनेछ। अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। अनलाइन प्लेटफर्मबाट फाइदा उठाउने समय छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र झुट नबोल्ने।
भाग्यशाली रङ घ्यू रङ र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ।
मीन: मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। बहुप्रतीक्षित काम सफल हुनेछ। घरपरिवारका सदस्यबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा मिठास आउँछ। रमणीय र सुखद यात्राको योग छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र भरिसक्के लामो यात्रा नगर्ने।
भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।
Shares

प्रतिक्रिया