नेपालमा हुन्डाई गाडीहरूको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सेप्टेम्बरमा हुन्डाई क्रेटाको १०औँ वार्षिकोत्सव मनाएको छ।
नेपालमा सार्वजनिक भएदेखि नै क्रेटा आफ्नो आधुनिक डिजाइन, आरामदायी अनुभव, सुरक्षा र विश्वसनीयताका कारण सबैभन्दा रुचाइएको र विश्वासिलो एसयूभी बन्न सफल भएको कम्पनीको दाबी छ।
क्रेटाले आफ्नो डिजाइन र उत्कृष्ट प्रस्तुतिमार्फत नेपाली बजारको कम्प्याक्ट एसयूभी सेगमेन्टमा एक छुट्टै पहिचान बनाएको छ।
वर्षौंदेखि यसका विभिन्न मोडल तथा अपग्रेडहरू सार्वजनिक भएका छन् जसले हरेकचोटि पर्फमेन्स र स्टाइलमा नयाँ मापदण्ड स्थापना गरेको छ।
क्रेटा ईभीको आगमनसँगै यस एसयूभीले आफ्नो नवीन प्रविधिसँग दिगो र वातावरण मैत्री यात्रालाई एक साथ अगाडि बढाएको छ।
अहिलेसम्मको यात्रामा, क्रेटाले नेपालका सडकहरूमा हजारौँ परिवारलाई भरपर्दो साथ र गुणस्तरीय सेवा दिँदै आएको छ।
Shares

प्रतिक्रिया