पशुपति आर्यघाटबाट शवको हड्डी किनबेच गरेको प्रकरणमा चार जनाविरुद्ध मुद्दा दायर भएको छ।
गौशाला प्रहरी वृत्तले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
सर्लाही लालबन्दीका ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेपलान्चोकको मन्डनदेउपुरका ६१ वर्षीय गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल, उदयपुरको कटारीका २४ वर्षीय विनायक मैनाली र सप्तरीको बलानबिहुल का ४१ वर्षीय मिश्रीलाल यादवविरुद्ध मुद्दा दायर गरिएको हो।
ढकाल र मैनालीले पशुपतिमा जलाउँदै गरेको शवको हड्डी ठाकुर र यादवलाई ५ सय रुपैयाँमा बेचेको आरोप छ।
432
Shares

प्रतिक्रिया