नवलपरासीको कावासोती–१५ गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन नजिक धापमा भासिएर एउटा पोथी गैँडा मरेको छ।
चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार पानी खान गएको गैँडाको दलदलमा फसेर आज बिहान मरेको हो।
गैँडाको खाग र खुर सुरक्षित छ। २०२१ को राष्ट्रिय गैँडा गणनाअनुसार नेपालमा ७५२ वटा गैँडा छन्। तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ वटा गैँडा छन्।
72
Shares

प्रतिक्रिया