हेटौँडा–काठमाडौँ जोड्ने त्रिभुवन राजपथमा गाडी चल्न थाले
हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक खण्डमा खसेको पहिरो पन्छाएपछि गाडी चल्न थालेका छन्।
मकवानपुरको भीमफेदी गाउँपालिका–१ बागझुरामा गिट्टी बालुवासहितको भलपानीको कारण गए रातिदेखि सो सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
सो सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडामा वर्षासँगै माथिबाट ढुङ्गा माटोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको र छिट्टै सडकमा गाडी सञ्चालन हुने प्रहरी नायब उपरीक्षक अर्यालले बताए। रासस
255
Shares

प्रतिक्रिया