मौसम पूर्वानुमान महाशाखाका अनुसार गत ६ घण्टामा मधेस र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका धेरै स्थानमा वर्षा भएको छ।
यस अवधिमा सुदूरपश्चिम प्रदेशका डोटी र डडेलधुरा जिल्ला, मधेस प्रदेशको सप्तरी जिल्ला, बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लालगायत भूभागमा बढी वर्षा भएको महाशाखाले जनाएको छ।
‘तथापि वर्षा गराउने प्रणाली केही कमजोर भई पश्चिम दिशातिर सरिरहेकाले हाल वर्षा कम हुँदै गइरहेको र कुनै उल्लेखनीय खतरा नरहेको जानकारीका लागि अनुरोध छ’, महाशाखाले आज (बिहीबार) बिहान ४:४० बजे जारी गरेको सूचनामा भनिएको छ।
पछिल्लो ६ घण्टा (बिहान ४:४० बजेभन्दा अघिका) भएको वर्षा तलको नक्सामा (मिलिमिटरमा): मौसम महाशाखा
1.1k
Shares

प्रतिक्रिया