समाज


उत्तराखण्डको बाढीपहिरोमा बेपत्ता केहीको कुशको शव बनाएर दाहसंस्कार

उत्तराखण्डको बाढीपहिरोमा बेपत्ता केहीको कुशको शव बनाएर दाहसंस्कार

नेपालखबर
साउन ३०, २०८२ शुक्रबार १३:७, काठमाडौँ

भारतको उत्तराखण्डमा गतसाता आएको बाढीमा परेर बेपत्ता भएका बर्दियाका केही व्यक्तिको काजकिरिया सुरु भएको छ।

बाढीमा बेपत्ता भएका नरेन्द्र खड्कासहित उनका पत्नी र छोराको काजकिरिया सुरु गरिएको हो। पाँच दिनसम्म खोजी गर्दा पनि नरेन्द्र फेला नपरेपछि आफन्तले कुशको शव बनाएर उनको दाहसंस्कार गरेका हुन्। 

बाढीमा बर्दियाको मधुवन नगरपालिका–६ का ३९ वर्षीय नरेन्द्र, उनकी ३२ वर्षीया श्रीमती सरस्वती र २२ महिनाका छोरा रोमन, मधुवन–५ की अमृत परियार र गुलरिया–२ का सुवास दमाईं पहिरोमा बेपत्ता छन्। 

छोराबुहारी र नाती पहिरोमा बेपत्ता भएको खबर पाएपछि नरेन्द्रका बुबा चूडामणि खड्का घटनास्थलमा पुगेका थिए। पाँच दिनसम्म खोजी गर्दा पनि बेपत्ताहरुलाई फेला पार्न नसकिएपछि कुशको शव बनाएर दाहसंस्कार गरी वैदिक परम्परा अनुसार किरिया सुरु गरिएको हो। 

खोजीको क्रममा घटनास्थलभन्दा करिब एक किलोमिटर टाढा पहिरोमा बुहारी सरस्वतीको नाममा ट्याटु खोपिएको छोराको हात भेटिएपछि जिउँदो नभेटिने देखेर दाहसंस्कार सुरु गरिएको आफन्तले बताएका छन्। 

सोही बाढीपहिरोमा बेपत्ता मधुवन–६ की अमृता परियार पनि भेटिएकी छैनन्। अब अमृता पनि नभेटिने देखेर आफन्तले उनको पनि काजकिरिया सुरु गरेका छन्। 

उक्त बाढीपहिरोमा परी २६ जना नेपाली बेपत्ता भएका थिए। बेपत्तामध्ये चार जनाको शव भेटिए पनि २१  जना अझै फेपा परेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad