समाज


मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र पूर्वाञ्चल विश्वविद्यालयलाई पहिलोपटक एमबीबीएस सिट

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र पूर्वाञ्चल विश्वविद्यालयलाई पहिलोपटक एमबीबीएस सिट

नेपालखबर
साउन ३०, २०८२ शुक्रबार ११:४८, काठमाडौँ

मकवानपुरमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र मोरङस्थित पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजले एमबीबीएसमा विद्यार्थी भर्नाका लागि पहिलोपटक सरकारी सिट पाउने भएका छन्। 

बिहीबार बसेको चिकित्सा शिक्षा आयोगको बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र पूर्वाञ्चल मेडिकल कलेजलाई एमबीबीएस पढाउन ५०/५० सिट दिने निर्णय गरेको हो।

दुवैले अब ५०/५० जना विद्यार्थीलाई सरकारी अनुदानमा एमबीबीएस पढाउन पाउने छन्।

आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बीएस्सी नर्सिङको सिट संख्या थप गर्ने निर्णय पनि गरेको छ।

प्रतिष्ठानमा हाल नर्सिङका लागि २० वटा सिट छन्। अब यसको संख्या ३० पुग्ने भएको हो। 

पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजको शिक्षण अस्पतालमा रूपमा कोसी अस्पताललाई प्रयोग गर्ने विषयमा दुई वर्षअघि नै सम्झौता भएको थियो।

आयोगको बिहीबार बसेको बैठकले निजी मेडिकल कलेजहरूमा एमबीबीएसलगायत विषयमा १ हजार ३५९ सिट थप गरेको छ।

चिकित्सा आयोगले एमबीबीएसमा मात्र ४९५ सिट र नर्सिङमा ५६२ सिट थप गर्ने निर्णय गरेको हो।

सरकारी ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने सिट थप गरिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad