समाज


आज काठमाडौँ उपत्यका र आसपासकासहित यी २२ जिल्लामा आकस्मिक बाढीको जोखिम

‘एल्लो अलर्ट’ जारी गर्दै बाढी महाशाखाले भन्यो: सतर्कता अपनाउनू
आज काठमाडौँ उपत्यका र आसपासकासहित यी २२ जिल्लामा आकस्मिक बाढीको जोखिम

फाइल तस्बिर : रसुवा


नेपालखबर
साउन ३०, २०८२ शुक्रबार ८:३३, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (साउन ३०, शुक्रबार) देशका कुन-कुन ठाउँमा बाढी आउने र जोखिम निम्तिने सम्भावना छ भनेर जानकारी दिएको छ। 

बाढी महाशाखाका अनुासर आज बिहान मापन गर्दा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदी तथा कन्काई, कमला, पूर्वी राप्ती. पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ। 

यसका अलावा आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रामेछाप, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, म्याग्दी, गुल्मी, रोल्पा, रुकुम-पश्चिम, कालिकोट, बाजुरा, बाझाङ, डोल्पा, मुगु, हुम्ला, दार्चुला र आसपासका जिल्ला भई बहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने मध्यम सम्भावना छ। 

बाढी महाशाखाले उल्लिखित २२ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्ट दिँदै बाढीको जोखिम देखिएका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ। 

हेर्नुहोस्, सूचना:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad