समाज


बेनी-जोमसोम सडकमा राति सवारी सञ्चालनमा रोक लगाइने

बेनी-जोमसोम सडकमा राति सवारी सञ्चालनमा रोक लगाइने

नेपालखबर
साउन २६, २०८२ सोमबार १९:४, म्याग्दी

पहिरोका कारण जोखिमयुक्त बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातीको समयमा सवारीसाधन सञ्चालन गर्न रोक लगाउने भएको छ। 

जिल्ला सुरक्षा समिति म्याग्दी र मुस्ताङको निर्णयअनुसार यही साउन २७ गते मङ्गलबार साँझदेखि बेनीदेखि घाँसासम्मको सडकमा साँझ ६ः०० देखि बिहान ५ः०० बजेसम्म सवारी आवतजावत बन्द गरिने भएको हो। 

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले अर्को सूचना जारी नहुँदासम्मका लागि रातको समयमा सडकमा सवारी आवतजावत पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको जानकारी दिए। 

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बर्सातको समयमा पहिरोको जोखिम भएकाले रातिको समयमा यात्रा नगर्न अनुरोध गरिएको र स्थानीय प्रहरीचौकीमार्फत दुई जिल्लाले समन्वय गरेर निर्णय कार्यान्वयन गरिने बताए। 

रघुगङ्गा गाउँपालिका–२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका-२ भुरुङभिर, ३ गुइठेभिर, सुकेबगर र काभ्रेभिरमा पहिरो खस्ने समस्या छ। 

बेनी-जोमसोम सडक स्तरोन्नति अन्तिम चरणमा छ। बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले पहिरो पन्छाउने र यातायात सञ्चालन गर्दै आएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad